Popular Post

Posted by : Unknown 30 Jul 2015





लैंगिक समानता

मेरो एउटी केटी साथी छिन्, उमेर २२ | उनलाई उनका बाउ-आमाले बिहे गर्न कर गरिरहेछन | हामी बीच यस्तो संवाद भयो कफी सपमा बसेर | उनी : ह्या मेरा बाउ-आमाहरु कस्ता के मेरो बिहे गर्न कर कर गरि रहन्छन् | म : हो यस्तो नेपालमा हुन्छ जब केटीहरु २०,२२ का हुन्छन् | उनी : किन केटीहरु मात्र ? तिमी पनि त मेरै उमेरको हौ | के तिम्लाई पनि बिहेको लागि कर कर गर्नु हुन्छ ? म : अहँ | अहिले सम्म छैन | सायद अबको २,३ बर्ष पछि गर्नु हुन्छ होला | उनी : हो, मैले नि यहि भन्या | म पनि २,३ बर्ष पछि बिहे गर्न चाहन्छु | मेरा पनि त केहि करियर सम्बन्धि प्लान छन् , म नि तिमी जस्तै घुम्न चाहन्छु र अरु धेरै कुरा गर्न चाहन्छु बिहे गर्नु भन्दा अगाडि | म : त्यो त राम्रो हो | एक चोटी बाउ-आमालाई सम्झाउने कोशिस गरन | उनी : म मेरा बाउ-आमालाई बुझ्नै सक्दिन | वहाँहरु एकदम परम्परागत सोच राख्नु हुन्छ | आई मिन.. हामी सबै लैंगिक समानताको कुरा गर्छौं र यस्तै हाम्रो पहिलेको पिढीले सोच्छ | केहि राम्रो हुन सक्दैन यो देशमा | तिमी केटाहरुलाई मात्रै छ सबै अधिकार | मलाई यो सिस्टम मन पर्दैन | म : ल यो कुरा छोड्दिम | अनि के तिम्लाई अस्ति भेटेको केटा मन परो त ? उनी : अहँ | म : किन नि ? उनी : ( भित्र भित्रै हाँस्दै ) त्यति त म आफै कमाउँछु | त्यो केटा जसलाई म बिहे गर्छु उसले म भन्दा धेरै कमाउनु पर्छ र बुद्धिमान हुनुपर्छ | र अन्त्यमा यी नै हुन् आधारभूत आवश्यकता | म : ए ! म त सोच्दै थिएँ हामी समानताका कुरा गर्दै थियौं |




By Asmit Koirala

{ 2 Replies... read them below or Comment }

- Copyright © Darpan Sharma - Date A Live - Powered by Blogger - Designed by Johanes Djogan -